राष्ट्रपति रामचन्द्र पौडेलले त्यागे कांग्रेस

File Photo
File Photo

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आइतबार कांग्रेसको सबै जिम्मेवारीबाट अलग भएकाे पत्र पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका हुन्।

नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख छ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमबार पद तथा गोपनियताकाे शपथ ग्रहण गर्दैछन्। शपथ लिनुअघि उनले राजीनामा दिएका हुन्।

राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको छ। राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन्।

कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुखसमेत रहेका पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2023-03-12 15:27:00

प्रतिकृया दिनुहोस्