आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा यूएईविरुद्ध ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ।
११ ओभर सकिदा नेपाललले महत्वपूर्ण ३ विकेट गुमाएर ३५ रन मात्र जोडेको छ।
नेपाल विकेट र रन दुबैमा कमजोर भएर दबाबमा परेको छ।
नेपाल २ रनमा हुँदा ओपनिङ ब्याट्सम्यान असिफ शेख डकआउट भए। १२ रन हुँदा अर्का ओपनर कुशल भुर्तेल पनि ८ रन बनाएर पेभेलियन फर्के। स्कोरबोर्डमा २२ रन हुँदा ९ रन बनाएका कुशल मल्ल पनि उही बाटो लागे।
विकेटको चरम दबाबमा अहिले कप्तान रोहित पौडेल र भीम सार्की धिमा गतितमा रन जोड्दै रक्षात्मक खेल खेलिरहेका छन्। पौडेलले २५ बलमा १० रन बनाएर दोहोरो अंकको रन जोडेका छन् भने १२ बलको सामना गरेका सार्कीले ६ रन बनाएका छन्।