बिएल संवाददाता
धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कारबाट वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कारबाट कृष्ण उपन्यासका लेखक डा शङ्करप्रसाद गैरे पुरस्कृत भएका छन्।
नगद रु २५ हजारसहित दोसल्ला ओढाएर साहित्यकारद्वय पन्थी र गैरेलाई सम्मानसहित सो पुरस्कार अर्पण गरिएको छ।
सांसद ठाकुरप्रसाद गैरे, पुस्तकालयका अध्यक्ष युवराज पौडेल, पुस्तकालयका महासचिव राजेशकुमार अर्याललगायतले सो पुरस्कार प्रदान गरेका हुन्।
साथै पुस्तकालयले लामो समयसम्म धवल पुस्तकालयमा कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका शिक्षाविद् बुद्धिप्रसाद शर्मा र संस्थामा काम गरेका द्वारिकाप्रसाद शर्मालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ।
सो अवसरमा सांसद गैरेले धवल पुस्तकालय नेपालकै पुरानै पुस्तकालय भएकाले युग सुहाउँदोरूपमा आधुनिकीकरण गर्दै पूर्णरूपमा डिजिटल पुस्कालय निर्माण गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।
यस पुस्तकालयले विसं २०७७ देखि यो पुरस्कार प्रदान गर्न सुरु गरेको हो। सो वर्ष दीर्घसाधना पुरस्कारबाट साहित्यकार नीलकण्ठ न्यौपाने र सिर्जना पुरस्कारबाट निर्मलप्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया