बिएल संवाददाता
जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ। सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ।
बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो। यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो।
यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको जनाएका थिए ।तर पनि अर्का एकजनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले उक्त गोलीकाण्डमा सात जनाको ज्यान गएको जनाएको हो।
गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ।
उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया