व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) प्रालिको अनुमतिपत्र खारेज भएको वर्षौं बितिसकेको छ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी, रोयल्टी तथा नवीकरण रकम नबुझाएका कारण हेलो नेपालको लाइसेन्स खारेजीमा परेको थियो। तर, लाइसेन्स खारेजीको लामो समय बितिसक्दा पनि प्राधिकरणले उसबाट बक्यौतावापत ठूलो परिमाणको रकम उठाउन सकेको छैन।
अझ चाखलाग्दो के छ भने बक्यौता बुझाउन नसकेका अन्य टेलिकमलाई रकम बुझाउन पटक–पटक प्राधिकरणबाट सूचना जारी हुँदा पनि हेलो नेपालका लागि भने हालसम्म कुनै सूचना जारी भएको पाइँदैन।