१९औँ संस्करणको नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)काे पल्सर स्पोर्ट अवार्ड २०७८ मंगलबार सम्पन्न भएको छ। हरेक वर्ष हुँदै आएको (एनएसजेएफ) पल्सर स्पोर्ट अवार्ड ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिएको छ। यो अवार्ड २०६० सालदेखि प्रदान गर्न सुरु गरिएको थियो।
यी हुन अवार्ड पाउनेहरु
अलमुताइरी वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई
मगंलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले वर्षको युवा खेलाडीको अवार्ड पुटबलर मनिष डाँगीलाई प्रदान गरेको छ।
उनले फुटबलकी प्रिति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रसिला महर्जनलाई पछि पार्दै अवार्ड पाएका हुन।
पिपुल्स च्वाइस अवार्ड उषा भण्डारीलाई
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यस वर्षको पिपुल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन्। उनले फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै उपाधि हासिल गर्न सफल भइन्।
पलेशा गोवर्धनलाई पारा एथलेट
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्राप्त गरेकी छिन्। उनले अवार्डसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन्।
अरुणा शाहीलाई वर्ष महिला खेलाडी अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यस वर्षको महिला खेलाडी अवार्ड भलिबलकी अरुणा शाहीलाई प्रदान गरेको छ। उनले क्रिकेटका सीता राना मगर, रुबिना क्षेत्री, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारीलाई पछि पार्दै उपाधी हात पारिन्।
अन्जन विष्टलले जिते वर्ष पुरुष खेलाडी अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यस वर्षका पुरुष खेलाडी अवार्ड फुटबलका अन्जन विष्टलाई दिएको छ।
लाइफटाइम एचिभमेन्ट अवार्ड रघुराज ओन्टालाई
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले लाइफटाइम एचिभमेन्ट अवार्ड रघुराज ओन्टालाई प्रदान गरेको छ।
दानबहादुर तामाङ र मायादेवी मोक्तानले पाए स्पेशल अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यसवर्षको स्पेशल अवार्ड दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई प्रदान गरेको छ।