यो देशमा म मात्रै कम्युनिस्ट रहिछु: दुर्गा प्रसाईं (भिडियोसहित)

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालका काेही पनि कम्युनिस्ट नदेखेकाे प्रतिक्रिया दिएका छन्।

राष्ट्र, राष्ट्रिय, धर्म  र संस्कृति र नागरिक बचाउँ महाअभियानअन्तर्गत काठमाडाैँकाे बनेश्वरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले साे प्रतिक्रिया दिएका हुन्।

‘म एउटा कम्युनिस्ट पार्टीको मान्छे हो तर यो देशमा कोही पनि कम्युनिस्ट देखिनँ। म मात्रै कम्युनिस्ट रहिछु, यो देशमा,’ प्रसाईंले भने।उनले सर्वहारा वर्गकाे पक्षमा कुरा उठाउँदा कम्युनिस्टहरुले कारबाही गरेकाे बताए। ‘कम्युनिस्टहरु आज बैंकको नाममा सरहर छिरेका छन्। लघुवित्त र सहकारीको नाममा गाउँमा छिरेका छन्, यिनको अन्त्य गर्नुपर्छ भनेर भन्दा मलाई उल्टो कारबाही भयो। म उहाँहरुको क्बल छाडेर बाहिर आएँ, म कहाँ आएभन्दा आज सडकमा आएँ, तपाईहरुसँग आएँ,’ प्रसाईंले भने।

उनले कम्युनिस्ट पार्टीका नेताहरु सच्चा कम्युनिस्ट नभएकाे थाहा पाएपछि राजा सल्लाहमा धर्म र शान्ति खाेज्न हिँडेकाे बताए।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-04 14:27:00

प्रतिकृया दिनुहोस्