सोमबार, १५ डिसेम्बर २०२५

प्रदेश १ को नाम ‘कोसी’ दुई तिहाइभन्दा बढी मतले पारित

प्रवेश बिष्ट

प्रवेश बिष्ट

विराटनगर 
News Image
• • •

प्रदेश नम्बर १ को नाम कोसी राखिएको छ। 

बुधबार प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम कोसी पारित गरेको हो।

प्रदेशसभामा भएको मतदातामा दुई तिहाइभन्दा बढी मतले कोसी प्रदेशको प्रस्ताव पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका छन्।

बुधबार राति भएको मतदानमा कोसी प्रदेशको प्रस्तावमा ८२ मत परेको थियो। विपक्षमा ४ मत खसेको छ । मतदानमा ८६ जना सांसद सहभागी थिए।

प्रदेशको नाम कोसी राख्नका लागि नेकपा एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव पेस गरेका थिए। उक्त नाममा एमाले सांसदद्वय विदुर लिंथेप र निरन राईले समर्थन गरेका थिए।

कोसी प्रदेशको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका सांसदले मतदान गरेका थिए।

यसअघि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बूवान–सगरमाथा प्रदेश स्वतः अस्वीकृत भएको थियो । कोसी प्रदेश बुहमतले पारित भएसँगै सभामुखले अन्य प्रस्ताव खारेज भएको घोषणा गरेका थिए।

मतदानमा ढिला गरि आइपुगेकाले जसपाकी सांसद निर्मला लिम्बू र राप्रपाकि सांसद सविना बजगाई मतदानमा सहभागी हुन पाएनन् । प्रदेशसभामा अन्य ४ जना सांसद अनुपस्थित थिए ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!