नेपाल विद्यार्थी संघ (नेविसंघ)को शेखर कोइराला पक्षले स्ववियु चुनावका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।
विवादकैबीच कांग्रेसको भ्रातृ संस्था नेविसंघको कोइराला पक्षले स्ववियु निर्वाचनको तयारी र संगठन जिताउन भन्दै उपत्यकामा रहेका त्रिविका ३५ आंगिक क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाएको हो।
नेविसंघलाई विजयी गराउन तयारी गर्नका लागि क्याम्पसहरूमा नेविसंघका तर्फबाट प्रतिनिधि खटाइएको बिद्यार्थी नेता विनोद शाही ठकुरीले बताए।