नयाँ पत्रिका दैनिक
गत वर्ष मात्रै ७६ हजारभन्दा धेरै मानिस आगो र एसिडको जलनबाट प्रभावित भएको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । तर, जलनमा परेकाको उपचार हुने सरकारी तथा सामुदायिक अस्पताल देशभर चारवटा मात्रै छन्, ती पनि सबै राजधानीमै हुँदा एक हजार पाँच सय बिरामी मात्रै अस्पतालसम्म पुग्छन् । जलनका अधिकांश गम्भीर बिरामीले समयमै उपचार नपाउँदा ज्यान नै गुमाउनुपरिरहेको छ भने कैयौँ अपांग भएका छन् ।
महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) र ललितपुरको पाटन अस्पतालमा जलनको उपचार सेवा उपलब्ध छ । तर, दुवैमा क्रिटिकल केयर सेवा छैन । यस्ता बिरामीका लागि सात बेड छुट्याइएको पाटन अस्पतालमा सीधै त्यहाँ आएका बिरामीलाई अन्यत्र पठाउन नपरोस् भनेर बर्न वार्ड राखिएको हो । यहाँ अन्यत्रबाट बिरामी आउँदैनन् । त्यस्तै, जलनको उपचारका लागि नौ बेड छुट्याइएको टिचिङमा यही प्रयोजनका लागि विशेष आइसियू उपलब्ध छैन । ६ प्लास्टिक सर्जन रहेको टिचिङमा बर्सेनि दुई सयदेखि तीन सयसम्म यस्ता बिरामी उपचारका लागि आउँछन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया