सर्वोच्चले दियाे सन्दीप लामिछानेलाई विदेश जाने अनुमति

File Photo
File Photo

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। 

साेमबार सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले लामिछानेलाई पुन: थुनामा राख्नु नपर्ने फैसला सुनाउँदै विदेश जाने अनुमति दिइएको हाे।

गत बिहीबार सन्दीपले विदेशमा खेल खेल्न जान पाउनुपर्ने मागसहित सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।

प्रकाशित मिति: : 2023-02-27 17:31:00

प्रतिकृया दिनुहोस्