एमाले सरकारबाट बाहिरियाे, समर्थन पनि फिर्ता (भिडियाे)

नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

साेमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो। साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेकाे एमालेका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।

'हाम्रा मन्त्रीहरुले स्व:इच्छाले सरकार नछाडे विनाविभागिय मन्त्री बनाउने अभिव्यक्तिहरु उहाँले गर्नु भइसकेपछि र सार्वजनिक रुपमा उहाँ (प्रधानमन्त्री)ले सरकारमा एमालेकाे सहभागिताप्रति टिप्पणी गरेपछि हामी याे सरकारमा रहिरन उचित हुने देखेनाैँ', नेता पाैडेलले भने, 'यही विश्लेषणकाे साथमा आजकाे पार्टी केन्द्रीय सचिवालयकाे बैठकले सरकारबाट अगल हुने र सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने निर्णय गरेकाे छ।'

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरानो गठबन्धन ब्यँताएर राष्ट्रपतिमा कांग्रेसको उम्मदवारलाई समर्थन गर्ने निर्णय गरेसंगै एमाले सरकारबाट बाहिरिएकाे हाे।

यससंगै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

भिडियाे:

प्रकाशित मिति: : 2023-02-27 12:37:00

प्रतिकृया दिनुहोस्