स्ववियु निर्वाचनका लागि तयारी अवस्थामा छाैं: संयाेजक खत्री (भिडियोसहित)

BreaknLinks
BreaknLinks

जुम्ला बहुमुखी क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीलाई तीव्र पारेकाे छ।

त्यसका निम्ति सहायक क्याम्पस प्रमुख उपप्राध्यापक प्रकाश चन्द्र खत्रीकाे संयाेजकत्वमा सात सदस्यीय जुम्ला निर्वाचन समिति गठन भइसकेकाे छ।

पहिलाे चरणमा सबै विद्यार्थी संगठनसँग अन्तरक्रिया गरी निर्वाचनकाे तयारी थालिएकाे संयाेजक खत्रीले बताए।

'क्याम्पस प्रशासनले यस पालिकाे निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी हामीलाई दिएकाे छ,' उनले भने, 'हामी अब तयारीमा जुटेका छाैं। पहिलाे चरणमा विद्यार्थी संगठनकाे नेतृत्वसँग छलफल गरेका छाैं।'

साविककाे कर्णाली अञ्चलकाे एक मात्र आंगिक क्याम्पस जुम्लामा यसअघि स्ववियु निर्वाचन हुन सकेकाे थिएन। त्यतिबेला सामूहिक भर्नाको कारण निर्वाचनमा धाँधली हुने देखिएपछि अन्तिम समयमा निर्वाचन स्थगित भएकाे संयाेजक खत्रीले बताए।

'अघिल्लो पल्ट निर्वाचनमा धाँधली हुने सम्भावना बढी थियाे। त्यसाे हुँदा विद्यार्थी संगठनबीच बेमेल भयाे। जसले निर्वाचन हुन सकेन,' उनले भने।

उनका अनुसार यतिबेला त्रिभुवन विश्वविद्यालयकाे कार्यकारी परिषद् तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयकाे परिपत्रअनुसार सामूहिक भर्ना मात्रै नभएर विद्यार्थी भर्नासमेत राेकिएकाे छ।

'अब क्याम्पसमा स्वच्छ प्रतिस्पर्धा हुनेछ। विद्यार्थीमाझ भिजेकाे नेतृत्व आउनेछ,' उनले भने, 'निर्वाचित विद्यार्थी प्रतिनिधि आए क्याम्पसकाे अध्ययन, अध्यापन र व्यवस्थापन अझ चुस्त हुन्छ।'

हेर्नुस्, जुम्ला बहुमुखी क्याम्पस निर्वाचन समितिका संयाेजक उपप्राध्यापक प्रकाश चन्द्र खत्रीसँग गरिएकाे कुराकानी:

प्रकाशित मिति: : 2023-02-27 15:44:00

प्रतिकृया दिनुहोस्