नेपालका मन्त्री ‘श्राद्धका बाहुन’जस्तै भए: सुदन किराँती (भिडियाेसहित)

संस्कृति, पर्यटन तथा नागरिक प्राधिकरण मन्त्री सुदन किराँतीले नेपाल मन्त्रीहरु श्राद्धका बहुनजस्तै भएका प्रतिक्रिया दिएका छन्।

साेमबार नेपाल पर्यटन बाेर्डमा आयाेजित कार्यक्रममा बाेल्दै मन्त्री किराँतीले मन्त्रीहरुले ‘सेडुल’ बनाएर राम्राेसँग काम गर्ने अवस्था नै नरहेकाे प्रतिक्रिया दिए। उनले सबैका कुरा सुनेर पर्यटन क्षेत्रकाे विकासकाे लागि काम गर्ने बताए।

‘अहिले हामीले सबैको ज्ञानलाई एक ठाउँमा ल्याउनु नै महत्वपूर्ण दायित्व हाे। ज्ञान त बाड्यो भने विज्ञान हुन्छ, आफैंभित्र राख्यो भने चिहानमा जान्छ। यति कुरा बुझ्दा बुझ्दै पनि आफू सोह्र श्राद्धकाे बाहनुजस्तै हुनु परेको छ,’ मन्त्री किराँतीले भने,‘अब केही समयपछि सेडुलमा कार्यक्रम बनाएर मन्त्रालयमै बनाएर यहाँहरुको धेरै कुरा सुन्ने इच्छा छ।’

उनले देशमा प्रजातन्त्र र गणतन्त्र आएपछि पनि नेपाली जनता पछाडि र नेता अगाडि हुनुपर्ने अवस्था रहेकाे बतए।

‘नेताहरु जति आवश्यकताभन्दा अगाडि बस्नुपर्ने त्यो भन्दा निक्कै अगाडि ककपिटमा बसे, जनताहरु पछाडि भए। हामीले आफ्नै मात्रै दायित्व सम्झियौँ, होला सायद यो देशलाई अगाडि लैजाने मेरो मात्रै दायित्व हो, अरु पछ्याउँदै छन्, मैले सुरुदेखि भनिरहेको छु जहाजको ककपिटमा बसेको मान्छे होइन म, जोखिम छ परिस्थिति। हामी र्‍याफ्टिङका यात्री हौँ, सबैको भूमिका हुन्छ र सबै हामी गन्तव्यमा पुग्नुपर्छ,’ उनले भने। उनले सबैसँग सहकार्य गरेर विकास निर्माणका काम गर्नुपर्ने बतए।

भिडियाे:

प्रकाशित मिति: : 2023-02-20 16:00:00

प्रतिकृया दिनुहोस्