ओलीलाई भेट्न बालकाेट पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिउँसाे बालकाेट पुगेकाे प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन।

राष्टपति निर्वाचनकाे विषयले सत्ता गठबन्धनमा दरार आइरहेकाे समयमा प्रधानमन्त्री प्रचण्ड वार्ताकाे लागि ओली निवासमै पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएकाे छ।

यद्यपि, प्रचण्ड–ओलीबीच के विषयमा छलफल भयाे भन्नेबारे खुलाइएकाे छैन।

प्रचण्ड प्रधानमन्त्री बनेपछि पाँचाैँ पटक ओली निवास पुगेका हुन्।

प्रकाशित मिति: : 2023-02-17 15:32:00

प्रतिकृया दिनुहोस्