नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा जारी २३ औँ महाधिवेशनले बडाललाई अनेरास्ववियुको नेतृत्व सुम्पिएको हाे। उनी निवर्तमान कार्यसमितिमा महासचिव थिए । उनले खसेको १५१७ मतमध्ये ९६२ मत पाए । उनका निकटतम प्रतिस्पर्धी आरसी लामिछानेले ३५६ मत पाए भने अर्का उम्मेदवार मोती विकले ७८ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट विजयी भएका छन्। महासचिवमा नरेश रोकाया र कोषाध्यक्षमा संगम अर्याल विजयी भए ।
सचिवमा प्रकाश पौडेल, दीपेश प्रसाईं, सन्जीव धिताल, सुजन कडरिया, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले विजयी भए ।
सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि चुनाव भएको थियो।