बार्सिलोनाका पूर्व खेलाडी मनाङमा अनुबन्धित

सेनेगलका डिफेन्डर डावान्डु डियाग्नेलाई सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीले अनुबन्ध गरेको छ।

मनाङ मर्स्याङ्दीले मंगलबार सामाजिक संजालमा डियाग्नेकाे फाेटाे राख्दै अनुबन्ध गरेकाे जनाएको हाे।

डिफेन्डर डियाग्ने स्पेनिस क्लब बार्सिलोनाका पूर्व खेलाडी हुन्।२८ वर्षीय डिफेन्डरले बार्सिलोनाको 'बी' टिमबाट खेलेका थिए।
 

प्रकाशित मिति: : 2023-02-14 15:01:00

प्रतिकृया दिनुहोस्