अनलाइनखबर
२०५९ साल कुनै दिन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल राष्ट्र बैंकबाट वाटर मार्क र लोगो भएको लेटरप्याडमा एउटा चिठी आयो। चिठीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख खेमराज भट्टराईले १ करोड ५० हजारको राष्ट्रिय बचतपत्र र अरू अस्वाभाविक सम्पत्ति जोडेको भन्दै छानबिन गरिदिन आग्रह थियो।
‘सुरुमा त हामीलाई त्यो उजुरी सही होइन होला, हावा तालमा कसैले लेख्यो भन्ने परेको थियो’ हाल न्यायसेवामा रहेकाले नाम खुलाउन नचाहने तत्कालीन अनुसन्धान अधिकृतले भने, ‘राष्ट्र बैंकमा बुझ्दा त्यो सत्य ठहरियो, लगत्तै उनको घरमा छापा हान्ने निधो भयो।’
त्यतिबेला उनको घरमा १ लाख २२ हजार नगद र १६०० अमेरिकी डलर भेटियो । माइक्रोवेभ ओभन, कम्प्युटर, पि्रन्टर, घडीहरू भेटिए । करिब ८४ बोतल उच्च कोटिका मदिरा बरामद भयो । श्रीमतीको नाममा रहेको नेपाल बैंक लिमिटेडको लकरमा छापा मार्दा करिब आधा किलो सुन भेटिएको थियो । आमाको आशौचमा रहेका उनी टोपी फुकालेर धुरुधुरु रोए । घरबाहिर कतै नखाने उनलाई अख्तियारले मानवीयता देखायो, भोलिपल्ट पक्राउ गरेर घरनजिकैको गौशाला प्रहरीमा पठायो र छानबिन अघि बढ्यो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया