संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी (लाइभ)

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्लाई सम्बोधन गरिरहेकी छन्।

केहीबेरअघि संसद भवन नयाँ बानेश्वरमा पुगेर राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई संबोधन गरेकी हुन्।

उनले गर्ने सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।

 नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।

प्रकाशित मिति: : 2023-02-10 15:25:00

प्रतिकृया दिनुहोस्