प्रतिनिधिसभाको निमायवली मस्यौदा समितिले राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग ३ महिनाभित्र र संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव गरेको छ।
प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्नका लागि माघ १० गते प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो। सचिवालयले समितिमा मंगलबार भएको छलफलको आधारमा खाका तयार पारेको हो। सचिवालयले बनाएको खाका बधबार समिति सदस्यहरुलाई वितरण गरिएको छ।
सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन्।