रवि लामिछानेकाे बहिर्गमनपछि के भन्छन् नागरिक? (भिडियो)

BreaknLinks
BreaknLinks

गृह मन्त्रालय नपाएको भन्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार सरकारबाट बाहिरियो। माघ १३ गते सवोच्च अदालतले विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया नपुर्याएको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।

त्यसपछि लामिछाने उपप्रधान तथा गृहमन्त्री पदबाट पदच्यूत भएका थिए। तर माघ १५ गते नागरिकता प्राप्त गरेसँगै उनी गृह मन्त्रालयमा नै फर्कन चाहिरहेका थिए। उक्त प्रस्ताव लगेर उनी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)कहाँ पनि गए। यता, सत्ता साझेदार दल नेकपा एमालेले पनि पुनः गृहमन्त्रीमा रविलाई लिनुपर्ने प्रधानमन्त्रीलाई दबाब दिएको थियो। तर प्रचण्डले गैर सांसदलाई गृह मन्त्रालय दिन नसकिने बताएपछि रास्वपाले आइतबार (माघ २२ गते) सरकारबाट मन्त्री फिर्ता बोलाएको थियो।

सरकारबाट बहिरिँदै गर्दा पत्रकार सम्मेलन गरेर रास्वपाका सभापति लामिछानेले सञ्चार माध्यम र सञ्चारकर्मीलाई दोषसमेत देखाएका थिए। सर्वोच्चको फैसला प्रभावित गर्न मिडियाको हात रहेको उनको आरोप थियो।

रास्वपा सरकारबाट बाहिरिनुलाई नागरिकले कसरी बुझेका छन्? मिडियालाई लामिछानेले लगाएको आरोपबारे के भन्छन्? यसबारे बिएल नेपाली सेवाले प्रतिक्रिया लिएको छ।

प्रकाशित मिति: : 2023-02-07 17:24:00

प्रतिकृया दिनुहोस्