किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन्छौं: मन्त्री पाेखरेल

राेसन दानी

काठमाडौं

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पाेखरेलले किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान प्रदान गर्ने बताएका छन्।

प्रदेश सरकारले किसानहरूकाे दूध उत्पादनमा जाेड दिन र सिधा वास्तविक किसानकै हातमा राज्य छ भन्ने अनुभूति गराउनलाई उक्त अनुदान प्रदान गर्न लागिएकाे उनले बताए।

सानाे परिमाणमा दूध उत्पादन गर्ने किसानहरूले राज्यबाट अभिभावकीय भूमिका महशुस गरून् भन्दै प्रदेश सरकारले याे कार्यक्रम लागू गरिएकाे मन्त्री पाेखरेलकाे भनाई छ।

मन्त्री पाेखरेलले भने, 'बागमती प्रदेश सरकारअन्तर्गत बागमती सरकारले लिटरमा ५ रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो। त्यसका लागि दूग्ध उत्पादक कृषि सहकारी र भरपर्दो सहकारी संस्थाहरुबाट किसानसमक्ष प्रदान गर्ने निर्देशन दिइएकाे छ।'

बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधमा अनुदान दिन यो वर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ।

मन्त्री पाेखरेलले बागमती प्रदेशलाई आधुनिक खेती प्रणालीबाट जनजिवीकालाई सहज र परिणाममुखी बनाउन हरेक गतिविधि सञ्चालन गरिने जानकारी दिए।

प्रकाशित मिति: : 2023-02-01 12:15:00

प्रतिकृया दिनुहोस्