रोटरी क्लब अफ पाटन हेरिटेजले आयोजना गर्दै सम्पदा पैदल यात्रा

शनि शाक्य

ललितपुर

रोटरी क्लब अफ हेरिटेज पाटनले सम्पदा पैदल यात्राको आयोजना गर्ने भएको छ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा केहि योगदान पुर्याउनुका साथै सामाजिक कार्य गर्ने उद्देश्य लिएर स्थापित उक्त संस्था कला तथा संस्कृति, सम्पदाहरुको संरक्षण, सम्वर्धन तथा प्रवर्धनको गर्ने र गराउने कार्यमा समेत प्रतिबद्ध रहेको छ।

सम्पदा संरक्षणमा यस रोटरी क्लब अफ पाटन हेरिटेजको पहिलो पाइला भाइदेगः पुर्ननिर्माणमा आर्थिक सहयोग जुटाउने कार्यबाट शुभारम्भ गर्ने योजना रहेको छ। सोही क्रममा कला तथा सम्स्कृति सम्पदा संरक्षण, सम्बर्धन तथा प्रवर्धनको गर्न विद्यमान भाषा, कला र संस्कृतिहरुको जर्गेना गर्न जनमानसमा यसवारे अवगत गराई त्यसको प्रचार प्रसार तथा संरक्षण सम्बर्धन गर्ने र आन्तरिक पर्यटन प्रर्वधन गर्न यहि आउँदो २०७९ साल फागुन महिनाको ६ गते शनिबारकाे (शिवरात्री) दिनमा यस संस्थाले 'सम्पदा संरक्षणको लागि पैदल यात्रा' नारा सहित सम्पदा पैदल यात्रा कार्यक्रम आयोजना गर्ने भएको हो।

सो पैदल यात्रा ललितपुर मंगलबजार दरवार स्क्वारबाट विहान ७ बजे सुरु गरी मंगलबजार, पुल्चोक अक्षेश्वर महाविहार, भनिमण्डल, जलविनायक, पांगा बस पार्क हुँदै किर्तिपुरको उमामहेश्वर मन्दिरसम्म १२ कि.मीको यात्रा गरी उमामहेश्वर मन्दिर प्राङ्गणमा समापन हुनेछ। संस्थालले यस पैदल यात्रामा २००० भन्दा बढी व्यक्तिहरुको सहभागिता गराउने लक्ष्य रहेको राखेकाे छ।

यस पैदल यात्रामा ललितपुर महानगरपालिका, कुमारी बैंक लिमिटेड, ललितपुर उद्योग वाणिज्य संघ, किर्तिपुर नगर उद्योग वाणिज्य संघ, रोटरी क्लब अफ किर्तिपुर, क्योदा हस्पिटल, सुनौलो नेपाल, रोट्राक बबल अफ पाटन हेरिटेज, बल्ती एप र काठमाण्डौ भ्याली प्रिजमेशन टुष्ट संस्थाहरुले सहयोग गर्ने भएको छ।

संस्थाका अनुसार यस यात्रामा सहभागिता जनाउनका लागि प्रत्येक व्यक्तिले ७०० सहयोग स्वरुप खल्ती 'एप' वा कुमारी बैंक लिमिटेडको क्युरआर कोड स्कान गरी वा संस्थाको दर्ता कार्यालय कुपण्डोलमा सम्पर्क गरी सहयोग रकम दाखिल गराएर नाम दर्ता गराउन सकिनेछ।

प्रकाशित मिति: : 2023-01-31 13:46:00

प्रतिकृया दिनुहोस्