सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्दै क्यान 

फाइल तस्बिर
फाइल तस्बिर

बलात्कार अभियोगमा निलम्बित भएका पूर्व कप्तान सन्दिप लामिछानेको आज निलम्बन फुकुवा हुने भएको छ। 

पोखरामा हुने क्यानको बैठकले उनलाई निलम्बनबाट फुकुवा गर्न लागेको हो। मगंलबार क्यानको बैठकमा १७ वटा ऐजेन्डाहरुको छलफल हुँदैछ। 

टी–२० लिगको विवाददेखि सन्दीप लामिछानेको विषयसम्म क्यानले बैठकमा छलफल गर्न लागेको छ।

सन्दीप लामिछानेलाई क्यानले आज नै निलम्बनबाट फुकुवा गर्ने क्यानमा एक पदअधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए। 

यसबाहेक बैठकमा अप्रिलमा काठमाडौंमा हुने भनिएको एसिसी प्रिमियर कप, क्यानको वार्षिक साधारण सभा, कार्यसम्पादन समितिको निर्णय अनुमोदन, विशेष साधारणसभासहित जिल्लाको निर्वाचन, क्रिकेटरको २०२३ को वर्गीकरण जस्ता ऐजेन्डाबारे छलफल गर्न लागिएकाे बताइएकाे छ। 

प्रकाशित मिति: : 2023-01-31 11:39:00

प्रतिकृया दिनुहोस्