बिएल संवाददाता
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सहिद दिवस २०७९ तथा साहित्यकार फाल्गुणा दहालको संस्मरण विधाको कृति 'सम्झनामा' सुदूरपश्चिम सरकारका मन्त्री सन्तोष शर्मा थापा, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र उपन्यासकार श्रेष्ठ प्रिया पत्थरले सयुँक्त रूपमा विमोचन गरेका छन्।
मन्त्रीले शर्माले सहिदको बलिदान र सपना अनुकूल देशमा तल्लो तप्कासम्म विकास पुर्याए मात्रै शहिद प्रति सच्चा सम्मान र श्रद्धाञ्जली हुने बताए।सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐनमा समस्या भएको थाहा भएको बताउँदै समस्या समाधान गर्न लाग्ने उनको प्रतिवद्धता थियो।
कृतिको समीक्षा गर्दै श्रेष्ठ प्रिया पत्थर र मनिराज जोशीले दहालको कृतिमा बाल्यकाल देखिका रोचक स्मरणीय घटनाहरूको सुन्दर चित्रण भएको बताउँदै सम्झनामा कृति पढ्दा सिर्जनात्मकताको विकास हुने बताए।
मदन पुरस्कार विजेता रामलाल जोशीले सहिदको सहादातको स्मरणमा हुने समारोहहरूले जिम्मेवारहरूलाई खबरदारी गर्ने बताए।
समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव गणेश बहादुर नेपाली र स्वागत मन्तव्य उपाध्यक्ष हरिकृष्ण कडायतले गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया