सेवाग्राही नहुँदा कार्यालय कुरेर बस्छन् कर्मचारी

फाइल तस्बिर
फाइल तस्बिर

मनाङ – यहाँ बुधवारबाट मात्रै माथिल्लो क्षेत्रमा हिउँ परेको छ । यहाँका बासिन्दा जाडो छल्न मनाङको बेँसी झरिसकेको लामो समयसम्म हिउँ परेको थिएन । जाडो छल्न जाने परम्पराले यहाँका कार्यालयबाट सेवा लिने सेवाग्राही नै हुँदैनन् । हिउँ ढिला गरी परे पनि यहाँका कार्यालयका कर्मचारी जिल्लामा नै बस्नुपरेको छ ।

सेवाग्राही जिल्लामा नहुँदा यहाँका कर्मचारीलाई कार्यालय कुर्ने मात्रै काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताए । ‘यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर गएका छन्, त्यसैले अधिकांश कार्यालयमा सेवाग्राही आउने कुरा भएन’, विष्टले भने, ‘कार्यालय कुर्ने मात्रै काम भएको छ ।’

प्रकाशित मिति: : 2023-01-27 13:08:00

प्रतिकृया दिनुहोस्