गम्भीर वित्तीय विचलनमा किन नरम भयो राष्ट्र बैंक !

उकेरा

शिशिर वैद्य

कोभिड १९ संक्रमणले थिलथिलिएको अन्तर्राष्ट्रिय व्यापार एवं वित्त क्षेत्र रुस-युक्रेन युद्धका कारण झन् प्रभावित भयो। मूल्यवृद्धि अकासियो। धानी नसक्नु मूल्य वृद्धिलाई नियन्त्रण गर्ने भनेर विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले कसिलो मौद्रिक नीति तर्जुमा गरे। ब्याजदर बढाए।

अमेरिकी फेडरल रिजर्भले जुन २०२२ मा फेडरल फन्ड रेटमा ७५ आधार विन्दुले वृद्धि गरी १.५-१.७५ प्रतिशत पुर्‍यायो। भारतीय रिजर्भ बैंकले नीतिगत दरमा २०२२ मे महिनामा ४० आधार विन्दुले तथा जुनमा ५० आधार विन्दुले वृद्धि गरेर ४.९० प्रतिशत पुर्‍याएको विवरण सार्वजनिक भएका थिए।

प्रकाशित मिति: : 2023-01-20 17:49:00

प्रतिकृया दिनुहोस्