त्रासमा प्रचण्ड–ओली!

प्रचण्डलाई ओली कित्ताबाट अलग्याउन चाहन्छन् देउवा

रातोपाटी

फणीन्द्र नेपाल

बिहीबार प्रतिनिधि सभाको सभामुख चयनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद् भवन नयाँ बानेश्वरमा झण्डै एक घण्टा छलफल भयो।

उनीहरुबीचको छलफलमा के–के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन। तर, छलफलपछि संसद् भवनबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी ओली र प्रचण्डले दिएको अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने उनीहरुबीच पुस १० मा भएको सहमति कार्यान्वयन हुन्छ या हुँदैन ? भन्नेमा दुवै नेता दुविधाग्रस्त देखिन्छन्।

अर्थात दुवै नेता एक अर्कासँग त्रसित देखिन्छन्। 

प्रकाशित मिति: : 2023-01-20 17:40:00

प्रतिकृया दिनुहोस्