बिएल संवाददाता
आत्मनिर्भर लघुवित्तले आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो।
यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो।
लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसमा फागुन १५ गतेसम्म सर्वसाधारणहरूले आवेदन दिन सकिनेछ भने कम्पनीले सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ।
यसमा माघ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सकिनेछ। दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँअंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्ने भएको हो। जसमध्ये २० हजार ३३८ कित्ता सेयर अर्थात् १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको हो।
जारी पुँजीको ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने छ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था अथवा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया