अरूणा बनिन् मेरिल्याण्डको लेफ्टिनेन्ट गभर्नर, नेपाली डायस्पोरामा पनि खुशियाली

डा. प्रदीप भट्टराई

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यको लेफ्टिनेन्ट गभर्नरका रूपमा एक भारतीय मूलकी राजनीतिज्ञ अरूणा मिलरले आफ्नो कार्यकाल सुरू गर्दा यहाँको नेपाली डायस्पोरामा पनि खुशी छाएको छ। नेपालमा भारतिय र नेपालीबीच एक किसिमको राष्ट्रियताको शीतयुद्ध चलिरहे पनि अमेरिकामा भने अपवादलाई छोडेर त्यस्तो अवस्था छैन। अमेरिकामा नेपालीहरूको संघर्षका सुरूवाती दिनमा भारतीयहरूको सहयोग रहने भएकाले उनीहरूप्रति कृतज्ञ नहुनुपर्ने खासै कारण पनि छैन।

यही पृष्ठभूमिमा अरूणा मिलरको सफलतामा यहाँको भारतीय समुदायसँगै नेपाली डायस्पोरा पनि खुशी भएको हो। 

लेफ्टिनेन्ट गभर्नर अरूणासँगै उनका गभर्नर वेज मुरले पनि बुधबार सँगै सपथ लिए। राजधानी एनापोलिसमा एक भव्य समारोहका बीच उनीहरूले सपथग्रहण गरेका थिए।   

वेज मुर  र अररूणा मिलरले मेरिल्याण्ड राज्यको क्रमश: गभर्नर र  लेफ्टिनेन्ट गभर्नरका रूपमा सपथ लिँदा दुबैको पक्षमा नयाँ इतिहास बनेको छ। अरूणा अमेरिकामै यो स्थानमा पुग्ने पहिलो भारतीय मुलकी राजनीतिज्ञ भएकी छिन्। वेज मुर भने अश्वेतहरूको घना जनसंख्या भएको यो राज्यको पहिलो अश्वेत गभर्नर भएका छन्।

अरूणा मिलर भारतीय मूलकी एक अवकाशप्राप्त सिभिल इञ्जिनियर हुन्। सरकारी सेवाबाट अवकाश पाएपछि राजनीतिमा प्रवेश गरेकी उनी २०११ मा मेरिल्याण्ड हाउस अफ एसेम्बेलीमा डिस्ट्रिक्ट १५ बाट विधायक निर्वाचित भएकी थिइन्। मन्टिगोमरी काउन्टीको प्रतिनिधित्व गर्ने उनले सन् २०१८ मा डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्स सदस्यको उम्मेद्वारीका लागि प्राइमरी प्रतिस्पर्धा गरेकी थिइन्।असफलता हात लागेपछि राजनीतिबाट ओझेल परेकी उनको यो सुखद् राजनीति पुनरागमन हो।

मेरिल्याण्ड राज्य अमेरिकाको नेपाली डायस्पोराका लागि एक ऐतिहासिक राज्य हो। यही राज्यको डिस्ट्रिक्ट ८ ले २०१८ मा पहिलोपटक डा. ह्यारी भण्डारीलाई एक नेपाली-अमेरिकी विधायकका रूपमा चुनेर इतिहास बनाएको थियो। यसअघि पर्पल रहेको आफ्नो डिस्ट्रिक्टलाई ब्लु बनाउँदै डा. भण्डारीले पहिलो मतका साथ दोस्रो कार्यकाल सुरू गरिसकेका छन्।

अमेरिकी सेनाका अवकाशप्राप्त अधिकृत वेज मुर एक सिद्धहस्त लेखक एवं टेलिभिजन कार्यक्रम उत्पादक हुन्। गभर्नरबाट आफ्नो राजनीतिक यात्रा सुरू गरेका उनी नोभेम्बर ८ मा भएको चुनावमा भारी मतान्तरले रिपब्लिकन प्रतिस्पर्धीलाई पराजित गर्दै मेरिल्याण्डको ६३औं गभर्नरमा निर्वाचित भएका थिए। अश्वेतहरूको घना जनसंख्या रहे पनि यो राज्यले पहिलो अश्वेत गभर्नर पाउँन शताव्दीऔं पर्खनु पर्यो। 

मेरिल्याण्ड राज्य अमेरिकाको नेपाली डायस्पोराका लागि एक ऐतिहासिक राज्य हो। यही राज्यको डिस्ट्रिक्ट ८ ले २०१८ मा पहिलोपटक डा. ह्यारी भण्डारीलाई एक नेपाली-अमेरिकी विधायकका रूपमा चुनेर इतिहास बनाएको थियो। यसअघि पर्पल रहेको आफ्नो डिस्ट्रिक्टलाई ब्लु बनाउँदै डा. भण्डारीले पहिलो मतका साथ दोस्रो कार्यकाल सुरू गरिसकेका छन्।

सम्बन्धित समाचारका लागि यी लिंकमा जान सक्नुहुन्छ।  
अमेरिकाको मेरिल्याण्डमा राज्य सांसद डा. भण्डारीले सुरू गरे दोस्रो कार्यकाल
अमेरिकाको मेरिल्याण्ड राज्यका नेपालीकी सर्वप्रिय उम्मेद्वार अरूणा
 

प्रकाशित मिति: : 2023-01-19 23:45:00

प्रतिकृया दिनुहोस्