बूढानीलकण्ठ नगरपालिकाले संयुक्त ल्होसार कार्यक्रम गर्दै 

बूढानीलकण्ठ नगरपालिकाले ल्होसार कार्यक्रमको आयोजना गर्ने भएको छ। 

यहि माघ ८ गते पर्न गएको तामाङ्ग समुदायको सोनाम ल्होसारको उपलक्ष्यमा नगरपालिकाले संयुक्त रुपमा ल्होसार कार्यक्रमको आयोजना गर्न लागेको हो।

मगर/गुरुङ्ग समुदायको तमु, तामाङ्गको सोनाम र शेर्पा समुदायको ग्याल्बो ल्होसार समेत मनाइने ल्होसार कार्यक्रम मूल समारोह समितीका संयोजक तथा नगर उपप्रमुख अनिता लामाले बताइन्।

यस्तो संयुक्त कार्यक्रमले बहुसाँस्कृतिकताको सम्मान र साँस्कृतिक सहिष्णुता पनि कायम रहने भएकोले नगरपालिकाले माघ ८ गते विभिन्न जातजातीहरुका भेषभुषा सहितको झाँकी समेत प्रर्दशन गर्ने उनले सुनाइन्।

कार्यक्रम आइतबार १३ वटै वडाहरुबाट जातजातीका भेषभुषा सहितको झाँकीका साथ वडा नम्बर ८ गोल्फुटारस्थित फुटबल ग्राउण्डमा हुनेछ।

बूढानीलकण्ठ नगरपालिका भित्रका विभिन्न वडा अध्यक्षहरु सहितको कार्यक्रम मूल समारोह समितीको सहकार्यमा पहिलोपटक हुन गर्न लागेको हो।

आइतबार तामाङ्ग, मगर, गरुङ्ग र शेर्पा जातीका विविध खाद्यान्नको परिकारका प्रर्दशनी, साँस्कृतिक नृत्य लगाायत रोचक कार्यक्रम हुने भएकोले कार्यक्रममा उपस्थित हुन मूल समारोह उपसमितीका संयोजक दोर्जे तामाङ्गले सम्पूर्ण नगरबासीहरुलाई आग्रह समेत गरेका छन्।

प्रकाशित मिति: : 2023-01-19 19:07:00

प्रतिकृया दिनुहोस्