शक्ति बाँडफाँटको हिस्सेदार बन्ने प्रयासमा कांग्रेस

नयाँ पत्रिका दैनिक

केशवप्रसाद पाण्डे
File Photo
File Photo

केन्द्रमा सभामुखमा सहमति जुटाउन अन्य दलसँग संवाद गर्ने निर्णय

प्रमुख प्रतिपक्षी दलको दाबी गरिरहेको कांग्रेसले केन्द्रमा सरकारलाई विश्वासको मत दिएसँगै शक्ति बाँडफाँटको हिस्सेदार बन्ने प्रयास थालेको छ । यसको प्रयासस्वरूप कांगेसले सभामुखमा सहमति जुटाउने निर्णय गरेको छ ।

सरकारलाई समर्थनपछि बदलिएको परिस्थितिमा कांग्र्रेसले सत्तासाझेदार दलबाटै आफ्नो पक्षमा सहमति जुटाउन प्रयास थाल्ने भएको हो । यसको जिम्मा बिहीबार बसेको पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवालाई दिएको छ । देउवानिवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्तासाझेदार दल र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको हो । 

सहमहामन्त्री जीवन परियारले केन्द्रमा सभामुख र उपसभामुखका लागि संसद्मा रहेका दलहरूसँग छलफल गरेर सहमतिका लागि अधिकतम प्रयास गर्ने, नभएको अवस्थामा के गर्ने भन्ने टुंगो लगाउने निर्णय गरेको जानकारी दिए । प्रदेशमा उम्मेदवारी दिने या सहमति गर्ने भन्ने विषयमा भने प्रदेश तहबाटै छलफलबाट टुंगो लगाइने उनको भनाइ छ ।

प्रकाशित मिति: : 2023-01-14 13:05:00

प्रतिकृया दिनुहोस्