यो साता नेप्सेले धेरै उतार चढावको सामना गरेको देखियो। आइतबार र सोमबार उकालो यात्रामा रहेकाे नेप्से मंगलबार र बिहीबार ओरालोतिर लागेकाे थियो।
मंगलबार नेप्से यति धेरै तलमाथि गर्याे कि सेयर बजारका खेलाडी समेत चकित परे। एकै दिनमा १०० बिन्दुले तलमाथि भएको उक्त घटना निकै नौलो हो।
नयाँ सरकारको गठनसँगै नेप्सेले उकालो यात्रा तय गरेको थियो। तर केही दिन यता देशको राजनीति यति धेरै तरल भइदियो कि लगानीकर्ता स्वयंमा ढुक्क हुन सकेनन्। राजनीति जति तरल भयो सेयर बजार उति नै अस्थिर हुन्छ।