गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

File Photo
File Photo

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्ती खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन्। पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज १ बजे विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिन उनले संसद सचिवालयलाई जानकारी गराइसकेका छन्। अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तर स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले भने विश्वासको मत नदिने बताएका छन्। त्यसो हुँदा अधिकारीको पक्षमा ३१ सांसदले मत दिने छन्।एमालेकै १ सांसद जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गर्ने छन्।

६० सांसद रहेको यहाँ सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ। अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन्। उनले मुख्यमन्त्रीमा सपथ लिएकै दिन ३ मन्त्रीहरुले विना विभागीय सपथ लिएका छन्।

प्रकाशित मिति: : 2023-01-13 09:25:00

प्रतिकृया दिनुहोस्