विदेशमा विद्यार्थी अलपत्र पारेर नेपालमा चैन गर्दै इक्यान पूर्व उपाध्यक्ष रिजाल

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्व उपाध्यक्ष राजेन्द्र रिजालले शक्तिकाे आडमा अवैध काम गरेकाे पाइएकाे छ। दुई पटकसम्म इक्यानकाे उपाध्यक्ष बनेका रिजालले कार्यभार सम्हाल्दा अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेकाे पाइएकाे हाे।

रिजालकाे नाममा काठमाडौँस्थित डिल्लीबजारमा इन्फोसीस एजुकेशन कन्सल्टेन्सी रहेकाे छ। साेही कन्सल्टेन्सीमार्फत उनले विद्यार्थीहरुलाई अध्ययनकाे लागि विदेशमा पठाएर अलपत्र पार्ने गरेकाे पाइएकाे छ।

उनले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा रहेको एआसिटी नामक कलेजमा अध्ययनकाे लागि पठाएका थिए। यद्यपि, उनले चर्काे मूल्यमा पठाएकाे अष्ट्रेलियाकाे साे कलेज बन्द हुँदा विद्यार्थीहरुकाे बिचल्ली भएकाे छ।

‘हामी अष्ट्रेलिया त आयौं तर कलेज बन्द भयाे। उताबाट नै हामीलाई कमिशनकाे खेलमा नराम्राे कलेजमा पठाइएकाे रहेछ, यहाँ हामीले अत्यन्त दुख पाएका छाैँ,’ एक विद्यार्थीले बिएल नेपाली सेवासँग भनिन्। आफूहरु अप्ठ्याराेमा परेर गुहार माग्दासमेत रिजालले बेवास्ता गरेकाे उनकाे गुनासाे छ।

अष्ट्रेलियमा बन्द भएकाे कलेजमा फसेकाे विद्यार्थीहरुकाे पैसाकाे लागि नेपालस्थित कलेजले कुनै पहल नगरेकाे विशेष स्राेतले जनाएकाे छ।

रिजालले कन्सल्टेन्सीबाट विद्यार्थी उचित परामर्श दिएर पढ्न पठाउने भन्दा पनि अवैध रुपमा शाैक्षिक तथा वैवाहिक प्रमाणपत्र बनाएर धन्दा गरिरहेकाे स्राेतकाे दाबी छ।

त्यस्तै रिजालले पुतलीसडक हाइटमा १४ करोड मूल्यमा जग्गा किनेकाे र त्यहाँ भएकाे पुराने घर भत्काएर नयाँ बनाउन लागेका छन्। उनले यसरी अस्वभाविक लगानी गर्नु शंकास्पद भएकाे स्राेतकाे दाबी छ।

यसरी विदेश विद्यार्थीलाई अलपत्र पार्ने तर यता विलासीमय जीवनयापन गर्ने खाेजेपछि उनीविरुद्ध सम्पत्ती शुद्धिकरण विभागमा उजुरीसमेत परेकाे स्राेतले बतायाे।

प्रकाशित मिति: : 2023-01-12 13:22:00

प्रतिकृया दिनुहोस्