टाेपबहादुरकाे फेरि मन्त्री हुने रहर पूरा हाेला त ?

कमल प्रभात

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासकाे मत प्राप्त गरेसँगै मन्त्री परिषद् बिस्तारकाे बाटाे खुलेकाे छ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रचण्डले अब केही दिनभित्र नै मन्त्रीमण्डल बिस्तारकाे काम सक्ने गरी तयारी थालेका छन्। जसअनुसार प्रधानमन्त्री प्रचण्डले भेटवार्तालाई तिब्रता दिएका छन्। मन्त्रीमण्डलकै विषयबारे छलफलकाे लागि बुधबार साँझ मात्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका थिए।

मन्त्रीमण्डल बिस्तारकाे लागि दलका शीर्ष नेताहरुले जसरी दाैडधुपलाई तिब्र पारेका छन्, त्यसैगरी सांसदहरुले मन्त्री बन्नका लागि शक्ति केन्द्रसँग दुरी नजिक बनाउँदै गएका छन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीले सरकारमा जाने निर्णय गरिसकेका छन्। भने, सरकारमा सहभागी भएर सत्ताकाे स्वाद चाख्ने दाउमा अन्य दलहरु पनि तम्तयार भएर बसेका छन्। यसरी धेरै दल मिलेर बनेकाे प्रचण्ड सरकारका मन्त्री बन्न चाहनेहरुकाे सूची पनि लामै हुने देखिएकाे छ।

प्राय: नयाँ सरकार गठनका क्रममा मन्त्री बन्नकै लागि सबैभन्दा बढी दाैडधुप गर्ने सांसदमध्ये अर्घाखाँचीबाट निर्वाचित टाेपबहादुर रायमाझी पनि पर्छन्। एमाले सचिवसमेत रहेका रायमाझी ०६४ सालदेखि निरन्तर सांसदकाे हैसियतमा छन्। रायमाझीले अर्घाखाँचीबाट लगातार ४ पटकसम्म चुनाव जितेर इतिहास रचेका छन्।

जतातिर सत्ता पल्टिन्छ, त्यतैतिर हाम फालिहाल्ने उनकाे स्वभावका कारण उनलाई केही मानिसहरुले अवसरवादी नेता भनेर पुकार्ने गर्छन्। तर, जे हाेस् उनी जता लाग्छन् वा जुन दलमा जान्छन् त्यही दल सरकारमा सामेल हुन्छ र उनी मन्त्री पनि बन्छन्। याे उनकाे राजनीतिक करियरकाे एउटा गज्जबकाे संयाेग पनि हाे।

अनि साेहीअनुसार उनी जता पुगेर भएपनि मन्त्री बनेर नै छाड्छन्। माओवादीमा हुँदा उनकाे नाम मन्त्री बन्नेहरुकाे सूचीकाे सुरुवाती नम्बरमै पर्थ्याे। त्यसैले त उनी स्थानीय विकास मन्त्री, दुई/दुई पटक ऊर्जा मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बन्ने अवसर पाए।

चुनाव जित्दै लगातार मन्त्री बन्दै आएका टाेपबहादुर रायमाझी एमाले–माओवादी मिलेर बनेकाे तत्कालीन नेकपा सरकारमा भने अट्न सकेनन्। केपी शर्मा ओली प्रधानमन्त्री भएकाे बेला मन्त्री बन्न अत्यन्त दाैडधुप गर्दा गर्दा अन्तिम समयमा आएर मात्रै उनीले ऊर्जा मन्त्रालयकाे जिम्मेवारी सम्हाल्न पाएका थिए। त्याे पनि अदालतबाट नेकपा विभाजन हुँदा एमालेतिर लागेकै कारण उनले मन्त्री बन्ने माैका पाएका थिए। त्यतिबेला उनलाई मन्त्री बन्नकै लागि एमालेमा गएकाे भनेर निक्कै आलाेचना गरिएकाे थियाे। तर, पनि उनले ४२ महिना दाैडधुप गरेर पाएकाे मन्त्रालय दुई हप्तासम्म पनि टिक्न सकेन।

उनी एमालेमा लागेसँगै एमाले फुटेर टुक्राटुक्रा भयाे। निर्वाचनमा पनि एमालेले राम्राे नतिजा निकाल्न सकेन। यि र यस्तै विभिन्न कारण देखाउँदै धेरैले टाेपबहादुरकाे राजनीतिक करियर ओरालाेतिर लम्किएकाे टिप्पणी गरेका थिए। गत मंसिरमा सम्पन्न निर्वाचनमा टाेपबहुरले चुनाव जिते पनि एमाले सरकारमा जाने हैसियतकाे पार्टी नबन्ने र उनी मन्त्री बन्न नपाउने भन्दै व्यापक रुपमै प्रचार गरिएकाे थियाे। तर, अहिले अवस्था फेरिएकाे छ, टाेपबहादुर फेरि मन्त्री बन्ने बाटाेतिर साेझिएका छन्।

अहिले एमाले र माओवादीलगायत पार्टीहरु मिलेर नयाँ सरकार बनेसँगै टाेपबहादुरले फेरि मन्त्री बन्ने दाैडकाे गतिलाई तिब्रा दिएका छन्। फेरि पनि उनी मन्त्री बनेर छाड्ने भनेर साेहीअनुसार लविङ गरिरहेका एमाले स्राेतले जनाएकाे छ।

एमालेले प्रचण्ड सरकारसमक्ष उपप्रधानसहित १० वटा मन्त्रालय पाउनुपर्ने माग राखिरहेका बेला टाेपबहादुर पनि आफू मन्त्री बन्नुपर्ने विषयलाई जाेडताेडका साथ उठाइरहेका छन्। यद्यपि, मन्त्री बन्ने रहरका साथ दाैडधुप बढाइरहेका रायमाझी प्रचण्ड सरकारमा मन्त्री बन्न सम्भावना कम रहेका एमाले नेताहरुले बताएका छन्।

‘हुन त टाेपबहादुरजी अहिले पनि मन्त्री बन्ने रहर गर्नुभएकाे छ तर अहिले उहाँकाे रहर पूरा हुने देखिन्न,’ एमालेका एक नेताले बिएल नेपाली सेवासँग भने,‘अहिले एमालेकम धेरै नयाँ साथीहरु सांसद बनेर आउनुभएकाे छ, त्यसैले नयाँ साथीहरुलाई असवर दिने गरी अध्यक्ष कमरेड लाग्नुभएकाे छ।’

यसै पनि टाेपबहादुर यसअघि नै उपप्रधानमन्त्री भइसकेकाेले तल्लाे तहका मन्त्रालयमा बस्न नहुने एमालेकै सांसदहरुकाे सुझाव छ। भने, माओवादी परित्याग गरेर एमालेतिर गएकै कारण प्रधानमन्त्री प्रचण्ड टाेपबहादुरसँग रुष्ट छन्। टाेपबहादुरलाई भित्तामै पुर्‍याएरै छाड्ने प्रचण्डकाे नीति छ। त्यसैले टाेपबहादुर तत्काल मन्त्री भन्ने सम्भावना नरहेकाे एमाले नेताहरुकाे दाबी छ।

यद्यपि, जता लागे पनि र जे गरे पनि सत्ताकै वरिपरि रहिरहेने भाग्यमानी सांसद रायमाझी फेरि पनि मन्त्री नबन्लान् भन्न सकिन्न। हेराैँ बाँकी के–के हुन्छ त्याे ओली र प्रचण्डकाे हातमा छ।

...त्यसपछि डा.प्रीतिले संकल्प गरिन्– युराेपका पहाड हाेइन आफ्नै देशकाे हिमाल चढ्छु (भिडियाेसहित)

प्रकाशित मिति: : 2023-01-12 08:00:00

प्रतिकृया दिनुहोस्