राजीनामा दिन्नँ, संसदमै जवाफ दिन्छु– गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताएका छन्। 

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूले राजीनामा नदिने दोहोर्‍याएका हुन्। 

सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेपछि उनले जवाफ दिए, ‘संसदमै बसेर जवाफ दिनेछु। तर राजीनामा दिन्नँ।’

 आफूलाई संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन पनि उनले समिति सदस्यहरूसँग आग्रह गरेका थिए। 
 

प्रकाशित मिति: : 2025-06-04 10:40:00

प्रतिकृया दिनुहोस्