प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीसंगै मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। उनीहरूले प्रमुख पर्शुराम खापुङबाट शपथ ग्रहण गरेका हुन्।
मुख्यमन्त्री कार्कीसँगै एमालेका तीलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले मन्त्री पदको शपथ लिएका हुन्।
उनीहरू अहिलेलाई बिनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन्।