अक्षय कुमारको प्रेममा पागल थिइन् शिल्पा ! 

बलिउडकी चर्चित अभिनेत्री हुन्, शिल्पा शेट्टी। उनले आफ्नो अभिनय र डान्सको कारण धेरै जनालाई आफ्नो ‘फ्यान्स’ बनाएकी छिन्। हालै अहिले उनी फिल्ममा त्यति देखापरेकी छैनन् तर सामाजिकको सञ्जाल कारण उनी अक्सर चर्चामा आइरहन्छिन्।

उमेरको हिसाबले उनी ५० वर्ष कटिसकेकी छिन्। तर आफूले गरेको फिटनेशको कारण उनी जवान देखिन्छिन्। उनले आफ्नो करियर १९९३ बाट सुरु गरेकी थिइन्। जहाँ उनले कयौँ सुपरहिट फिल्म दिइन्। तर फिल्मभन्दा पनि व्यक्तिगत जीवनको कारण उनले धेरै चर्चा बटुलिन्।

शिल्पाको कुरा गर्ने हो भने उनले पहिलो पटक सफ्ट डिक्स ब्राण्डका लागि काम गरेकी थिइन्। त्यसबेला उनी कक्षा–१० मा थिइन्। त्यसपछि उनले फिल्म क्षेत्रमा पाइला राखिन् र काम गर्न सुरु गरिन्। र विस्तारै मोडलिङ गर्न थालिन्। त्यसैक्रममा उनले आफ्नो पहिलो फिल्म १९९३ मा बाजीगरमा काम गरिन्। जुन फिल्म सुपरहिट भयो। 

फिल्मपछि उनले धेरै फिल्म खेलिन्। जसमा  ‘परदेसी बाबू’, ‘मैं खिलाड़ी तू अनाड़ी’, ‘औजार’, ‘आग’, ‘हथकड़ी’, ‘लाइफ इन अ मेट्रो’ र ‘धड़कन’ समावेश छन्। शिल्पाको जोडी अक्षय र गोविन्दासँग जोडिन्थ्यो।

मिडियाको अनुसार अक्षय र शिल्पा एकअर्का चाहन्थे। र उनीहरु लामो समय प्रेम सम्बन्धमा रहे। तर पछि उनले शिल्पालाई छोडेर ट्वीकल खन्नासँग विवाह गरे।

२००० सालमा शिल्पाले एउटा अन्तर्वार्ता दिएकी थिइन्। जहाँ उनले अक्षयले उनलाई धोका दिएको बताएकी थिइन्। उनका अनुसार प्रेम सम्बन्धमा रहेका अक्षयले ट्वीकलसँग पनि डेट गरिरहेका थिए। 

अक्षयसँग ब्रेकअप भएपनि उनी धेरै रोएको र डिप्रेशनमा गएको उनले बताइन्। तर त्यसपछि उनको जीवनमा व्यापारी रज कुन्द्राको प्रवेश भयो। जसले शिल्पालाई डिप्रेशनबाट निकालन मदत गरे।

सुरुवाती दिनहरुमा साथी बनेका उनी विस्तारै प्रेम सम्बन्धमा रहे र २००८ सालमा उनीहरुले  एकअर्कासँग विवाह गरे। अहिले अक्षय र शिल्पा नै आफ्नो जीवनमा खुसी छन्। 

प्रकाशित मिति: : 2023-01-15 21:15:00

प्रतिकृया दिनुहोस्