हिजाेका कुरामा माया ठकुरीः प्रसिद्ध महिला कथाकार जसले कहिल्यै औपचारिक शिक्षा लिइनन्

उकेरा

सुषमा तिमल्सिना

निधारमा गोलो रातो टीका, उज्यालो अनुहार, ठिक्कको शरीर, ब्वाइज कट कपालमा चटक्क मिलाएर सारी लगाएकी माया ठकुरीलाई कति वर्षकी हुनुभयाे भनेर प्रश्न गर्दा उनी हाँस्दै भन्छिन्, ‘तीन सालमा जन्मिएको हो हिसाब गर्नुस् न। धेरैले पाँच सालमा जन्मेको भनेर लेख्छन्। जवानीमा भए पो उमेरको ख्याल हुन्थ्यो। अब त जतिसुकै लेखुन् मतलब नै लाग्दैन।’ 

प्रसिद्ध कथाकार माया ठकुरीलाई नेपालकै अग्रज जीवित महिला कथाकारको रूपमा पनि धेरैले चिन्ने गर्छन्। भारतको लखनउस्थित सैनिक अस्पतालमा पिता गम्भीरसिंह ठकुरी र आमा देवी ठकुरीकाे जेठो सन्तानको रूपमा उनकाे जन्म भयाे।

‘छोरा भयो भने तोप पड्काउँछु’ भनि ठिक्क पारेका बेला माया जन्मदाँ उनका पिताले उनलाई नहेरी छोडेर गएका थिए। उनकी आमासँग विवाह गर्नुभन्दा अघि नै उनका पिताले एकदुई जनासँग विवाह गरिसकेका थिए।

याे विवाहपछि पनि उनले परस्त्रीसँग सम्बन्ध राख्नन् छाडेनन्। जसले गर्दा मायाकी आमाले कहित्यै आफ्नो पतिको आडभरोसा पाइनन्। न त मायाले नै आफ्नो पिताको माया पाइन्। 

प्रकाशित मिति: : 2023-01-06 18:27:00

प्रतिकृया दिनुहोस्