बलियो हुँदै छ ल्याटिन अमेरिकाको लोकतन्त्र

नयाँ पत्रिका दैनिक

एन्द्रेस भेलास्को

ही समयअगाडि पेरूका राष्ट्रपतिले संसद् (कंग्रेस) भंग गर्ने प्रयास गरे, अर्जेन्टिनाका उपराष्ट्रपति धोखाधडीका मामिलामा दोषी पाइए अनि ब्राजिलका तत्कालीन राष्ट्रपतिले चुनाव हारे पनि पद नछोड्ने धम्की दिए । भेनेजुएला र निकारागुआमा तानाशाहीको सुदृढीकरणका साथै साल्भाडोरका राष्ट्रपतिको संवैधानिक प्रावधानका बर्खिलाप पुनः चुनावमा भाग लिने उद्घोष गरे । यी सबलाई हेर्दा ल्याटिन अमेरिकाको लोकतन्त्र खतरामा परेको हो कि जस्तो देखिन्छ ।

तर, नजिकबाट नियाल्दा परिदृश्य अर्कै देखिन्छ । कंग्रेस भंग गर्ने प्रयास गरेका पेरूका राष्ट्रपति संसद्बाट शान्तिपूर्ण रूपमा हटाइए । आफ्नो बगैँचामा ६ हप्ता मुर्मुरिँदै बिताएका ब्राजिलका निवर्तमान राष्ट्रपतिले डोनाल्ड ट्रम्प शैलीमा आफ्ना मुख्य सहयोगीमार्फत सत्ता निर्वाध रूपमा हस्तान्तरणको प्रक्रिया अघि बढाउने बताएका छन् । त्यसैगरी अर्जेन्टिनामा तमाम समस्याका बाबजुद शक्तिशाली सरकारी अधिकारीहरूलाई दोषी ठहर गर्न सक्ने न्यायाधीश भएकोमा अर्जेन्टियालीलाई कृतज्ञ हुने सुविधा छ, जुन कुरा रुस, चीन वा साउदीका जनताले कल्पनासमेत गर्न सक्दैनन् ।

प्रकाशित मिति: : 2023-01-06 18:04:00

प्रतिकृया दिनुहोस्