सोमबार, १५ डिसेम्बर २०२५

रुसी बम बर्षक आधारमा युक्रेनको हमला, तीन जनाको मृत्यु

photo - Chris McGrath/Getty images
• • •

दक्षिणी रुसमा बम वर्षकहरुको एउटा हवाई आधारमा युक्रेनले ड्रोन आक्रमण गर्दा तीन जनाको मृत्यु भएको मस्कोले जनाएको छ। एयर डिफेन्सले ड्रोनलाई इंगेल्स आधार नजिकै खसालेको थियो, तर भग्नावशेष खसेर तीन जना प्राविधिक कर्मचारीको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

यसै महिनाको सुरुमा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्ने बमवर्षकहरूको घर एयरफिल्डमा यस्तै आक्रमण गरेको युक्रेनलाई आरोप लगाएका थियो।
आधार युक्रेनको सिमानाबाट करिब ६५० किलोमिटर  उत्तर–पूर्वमा अवस्थित छ।

युक्रेनी सेनाले आधिकारिक रूपमा पछिल्लो हमलालाई स्वीकार गरेको छैन। तर, ती विस्फोटहरू युक्रेनी भूमिमा रसियाले गरिरहेको परिणाम भएको वायुसेनाका प्रवक्ता युरी इहनातले बताए। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!