प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे

File Photo
File Photo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी दाहाललाई आइतबार साँझ नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री प्रचण्डको शपथ आज  दिउँसो ४ बजे हुने भएको छ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले आज दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-12-26 07:43:00

प्रतिकृया दिनुहोस्