बालकोटमा ओली र प्रचण्डबीच वार्ता सुरु, अशोक राई र रवि लामिछाने पनि सहभागी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चार दलबीच छलफल सुरु भएको छ। 

छलफलमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेता सहभागी छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमामा गठबन्धनले बहुमत पुर्‍याउन प्रयास गरे पनि देउबाले पहिलोपटक प्रधानमन्त्री र राष्ट्रपति दुबै कांग्रेसलाई नै चाहिने भनेपछि सत्तारूढ गठबन्धन टुट्यो भन्दै प्रचण्ड बालकोट पुगेका हुन् ।  

प्रकाशित मिति: : 2022-12-25 14:14:00

प्रतिकृया दिनुहोस्