प्रचण्डले प्रधानमन्त्री छाड्ने छाँट देखिएन (अन्तर्वार्ता)

गत मंसिर ४ मा सम्पन्न निर्वाचनकाे काठमाडाैँ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्, द्वारिका अधिकारी। लाैराे अभियानमार्फत् हाम्राे नेपाली पार्टीबाट उम्मेदवारी दिएका अधिकारी नेपाली काँग्रेसका सन्ताेष चालिसेसँग पराजित भएका थिए। इन्जिनियरिङ पेसासँगै राजनीतिमा सक्रिय अधिकारीसँग नयाँ सरकार गठबन्धनबारे गरिएकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:


नयाँ सरकार गठनकाे रस्साकस्सीलाई कसरी लिनुभएकाे छ ?

जनताले कुनै पनि पार्टीलाई पूर्ण विश्वास र पूर्ण तिरस्कार गरेकाे अवस्था छैन, मिक्स नतिजा आएकाे छ। त्याे हिसाबले अब नयाँ सरकार बन्न धेरै कठिन हुनेछ। सरकार बन्नकाे लागि तेस्राे स्थानमा रहेकाे माओवादी केन्द्र निर्णायक अवस्थामा छ। तेस्राे शाक्तिले सरकार बन्ने निर्णय गर्छ भने हाम्राे लाेकतन्त्रमाथि एउटा उपाहास हाेइन ? तेस्राे शक्तिले प्रधानमन्त्रीकाे दाबी गरिरहेकाे छ, राष्ट्रिय पार्टी बन्न नसकेकाे माधवकुमार नेपाल नेतृत्वकाे पार्टीले प्रधानमन्त्री दाबी गरिरहेकाे छ। भनेपछि, याे लाेकतन्त्र कतिसम्म गतिलाे भन्ने कुरा अहिले फिल हुन्छ।

अहिले सरकार गठबन्धनमा २/२/१ वर्षकाे कुरा पनि आइरहेकाे छ। प्रमुख दलहरुले अंक गणित मिलाउने हाे। जनताकाे जुन किसिमकाे म्यान्डेट थियाे, त्यसमा उहाँहरुले खासै ध्यान दिनुहुन्छ जस्ताे लाग्दैन। त्यसैले देश मध्यावधी चुनावमा गए आश्चर्य मान्नुपर्ने छैन।

त्यसकाे अर्थ शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्छ भन्ने हाे ?

हाेइन। लाेकतन्त्रकाे अर्थ त्यही हाे तर हिसाब किताब मिलाउनकाे लागि त्यतिसम्म पनि उहाँहरु राजी हुनुहुन्छ जस्ताे लाग्छ।

शेरबहादुर देउवा प्रधानमन्त्री बने तपाईं खुसी ?

हाेइन, मेराे खुसीकाे कुरै भएन। जनताकाे म्यान्डेट नै त्यही छ। सबैभन्दा ठुलाे पार्टी त काँग्रेस हाे नि, त्यसले नियमअनुसार त साना पार्टीहरुलाई लिएर काँग्रेसले सरकार बनाउने हाे। नियमअनुसार अबकाे प्रधानमन्त्री त शेरबहादुर देउवा नै हाे। तर, राजनीतिकाे समिरणले जाे जहाँ पनि हुन सक्छ।

त्यसाे भए प्रचण्ड प्रधानमन्त्री बन्छन् ?

हुनुहुन्छ, मैले त त्यही देख्छु। जसकाे सरकार बने पनि प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ।

प्रचण्ड प्रधानमन्त्री बने के हुन्छ ?

हुन त काे प्रधानमन्त्री बनेर के नै हुन्छ र ? कुरा गर्नु बेकार हाे। तर, लाेकतन्त्रकाे आधारमा ठुलाे पार्टीकाे अध्यक्ष प्रधानमन्त्री बन्नुपर्ने हाे। अब तेस्राे पार्टीकाे प्रधानमन्त्री बनेपछि के हुन्छ ? आफैं विचार गराैँ। तेस्राे पार्टीले प्रधानमन्त्रीकाे दाबी गर्छ भने लाेकतन्त्रकाे परिभाषा के हुन्छ ? विचार गराैँ।

प्रचण्ड प्रधानमन्त्री हुनुहुन्न भन्ने तपाईंकाे धारणा हाे ?

मेराे धारणा हाेइन, जनताकाे म्यान्डेट नै त्यही छ। जनताले प्रचण्डलाई प्रधानमन्त्री बन्ने म्यान्डेट दिएका छन् र ? छैन नि।

नयाँ दलहरुकाे भविष्य के हाेला ?

सदनमा बाेल्नु र सडकमा बाेल्नु फरक कुरा हाे। सडकमा हाेस्, गुमाएर पनि बाेल्न मिल्छ तर सदनमा विचार गरेर बाेल्नुपर्छ। सडकमा भाइरल हुन पाइन्छ सदनमा प्रख्यात हुनुपर्छ। त्यसैले अहिले आएका नयाँ सांसदहरु जाे पनि हुनुहुन्छ, उहाँहरुले जनताकाे अपेक्षाअनुसार काम गर्न सक्नु भएन भने हिजाेकाे विवेकशील साझा पार्टी जस्ताे हुन बेर छैन।

रवि लामिछानेले के गर्दा हाेला ?

उहाँले जमेर गर्ने नै हाे भने सरकारमा गए हुन्छ। काम गर्ने आँट छ भने र पावरफुल मन्त्रालय लिन सक्नुहुन्छ भने सरकारमा गए हुन्छ। सरकारमा गएर राम्राे नतिजा ल्याउने आँट छैन भने प्रतिपक्षमा बस्दा हुन्छ। किनभने, सरकारमा गएर काम गर्नुपर्छ, प्रतिपक्षमा बसेर बाेले मात्रै हुन्छ।

प्रकाशित मिति: : 2022-12-25 14:50:00

प्रतिकृया दिनुहोस्