अमेरिकामा नेपाली दूतावासको दुईलाख डलर लुटिएकोमा नेपाली डायस्पोरा आक्रोशित

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकाको नेपाली दूतावासको झण्डै दुई लाख डलरको मनी अर्डर र क्यासिएर चेक चोरी भएको घटना सार्वजनिक भएसँगै यहाँको नपाली डायस्पोरा आक्रोशित भएको छ। 

नेपाली दूताबासले प्रभावकारी सेवा नदिएको भनेर भित्रभित्रै मुर्मिएको यहाँको नेपाली डायस्पोरालाई यो घटनाले तेलमा आगो हाल्ने काम गरेको छ।

घटनामा दूताबासका द्धितीय सचिव उत्तम घिमिरे, राधारमण दुबे र कुमार श्रेष्ठ संलग्न रहेका छन्। टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा नै सय २८ जनालाई सेवा दिएबापतको करिव २ लाख डलरको राजश्व रहेको थियो।

नेपाली राजदुतावासको लापर्वाही र स्तरहिन कामको पराकाष्ठा हो दुई करोड़ बढी रकम चोरीको घटना। यसको यथार्थ छानविन र स्थायी समाधान खोजियोस्! नेपालको यसरी अन्तराष्ट्रीय बेईजत गर्न पाईन्न!
- देवराज न्यौपाने, सामाजिक अभियन्ता, ह्युस्टन, टेक्सास

कतिपय नेपालीले यो घटना कर्मचारीहरूले नै सुनियोजित रूपमा घटाएको भन्दै सम्बन्धित कर्मचारीलाई कारबाही गर्न माग गरेका छन्। केहीले आजको समयमा पनि मनी अर्डर र क्यासियर चेक प्रयोग गर्नु नै हाँस्पास्पद भएको तर्क गरेका छन्।

 

डालास, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित Money Order र Cashier check हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोधबारे pic.twitter.com/LSOgkA8K7v

— Embassy of Nepal, Washington, D.C. (@nepalembassyusa) December 23, 2022 ">डालास, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित Money Order र Cashier check हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोधबारे

 

यसअघि वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ हरु लुटिएको जनाएको थियो।

विज्ञप्तीमा डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएकोले उल्लेख गरिएको छ। 

कर्मचारीलाई निलम्बन गरेर छानबिन सुरु होस्। ८ दिन अघि ड्यालसमा, ६ दिन अघि अस्टिनमा भएको शिबीरमा उठेको राजश्व रक़म बोकेर किन ह्युस्टन पुग्ने ? अर्को, यो जमानामा पनि अझै चेक र मनी अर्डरमै भर पर्ने? कार्डको प्रयोग गरेको भए यो अपराध हुन्थ्यो ? निलम्बन गरेर छानबिन होस्।
- रामचन्द्र भट्ट, नेपाली पत्रकार, युलेस, टेक्सास

दूतावासले यस घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिन प्रयास गरिरहेको जनाएको छ। यसबाट सेवाग्राहीहरुमा समय र स्रोत साधनको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी रहेको जनाउँदै लुटिएको रकम फिर्ता गर्ने क्रममा सघाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति: : 2022-12-24 12:55:00

प्रतिकृया दिनुहोस्