सोमबार, १५ डिसेम्बर २०२५

थाइल्याण्डकी टिडा बिवाटाडाले गरिन् जुम ब्यूटी एकेडेमीको १० औँ शाखाको उद्घाटन

News Image
• • •

जुम ब्यूटी एकेडेमीले आफ्नो १० औँ शाखाको भव्य उद्घाटन गरेको छ।

ललितपुरको ग्वार्कोमा शुक्रबार बैंककको बायोटच इन्टरनेशनल एकेडेमीकी कार्यकारी अध्यक्ष एवं प्रशिक्षक टिडा बिवाटाडाले रिवन काट्दै शाखाको उद्घाटन गरेकी हुन्। 

जुम एकेडेमीको १० औँ शाखा उद्घाटन भएसँगै आफू निकै उत्साहित भएको जुम एकेडेमीकी संस्थापक जुनु चक्रधरले बताइन्। जुमको १० औँ शाखालाई आफ्नो १० औँ सन्तानझैँ हुर्काउने उनले सुनाइन्। 

'९ वटा शाखा मैले बच्चालाईझैँ हुर्काए त्यसैले यो शाखालाई पनि माया गरेर बढाउने छु' उनले बिएल नेपाली सेवासँग भनिन्। 

 त्यसैगरी जुमले आफ्नो १० औँ शाखाको उद्घाटनको अवसरमा विभिन्न तालिममा २५ प्रतिशत छुट दिएको थियो। स्पेशल मेकअप, हेयर डिजाइनलगायत नेलको तालिममा छुट दिइएको थियो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!