चार्ल्स शोभराजलाई आजै थुनामुक्त गरेर पाहुनाकाे रुपमा कारागारमै राखिने (भिडियोसहित)

अन्तर्राष्ट्रिय कुख्यात विकिनी किलर चार्ल्स शोभराजलाई आजै थुनामुक्त गरिने भएकाे छ।

बुधबारकाे सर्वोच्च अदालतकाे आदेश र बिहीबारकाे काठमाडौं जिल्ला अदालतकाे आशयको पत्रपछि शोभराजलाई आजै रातिसम्म थुनामुक्त गर्ने तयारी भएकाे केन्द्रीय कारागार स्राेतले बिएल नेपाली सेवालाई जानकारी दिएकाे छ।

शोभराजलाई थुनामुक्त गरेर अध्यागन विभागमा बुझाउन सर्वाेच्च अदालतले आदेश दिएकाे थियाे। तर, अध्यागमनमा आज ठाउँ खाली नभएकाेले शोभराजलाई भाेलिसम्म केन्द्रीय कारागारमै पाहुनाकाे रुपमा राख्ने तयारी गरिएकाे कारागार स्राेतले जानकारी दियाे।

‘जेलमुक्त हुन साथ उहाँलाई अध्यागमनमा बुझाउनु पर्ने हाे तर आज अध्यागमनमा ठाउँ खाली छैन भन्ने खबर प्राप्त भएकाेले उहाँलाई रातिसम्म थुनामुक्त गरेर यहीँ पाहुनाकाे रुपमा राख्ने तयारी भएकाे छ,’ अध्यागमन स्राेतले भन्याे। जेलमुक्त भएपछि कुनै पनि व्यक्तिलाई २४ घण्टासम्म पाहुनाकाे रुपमै राख्न सक्ने व्यवस्था रहेकाे छ।

शोभराज १९ वर्षदेखि नेपालको कारागारमा छन्। सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा उनलाई सन् २००३ मा पक्राउ गरिएको थियो।

प्रकाशित मिति: : 2022-12-22 19:08:00

प्रतिकृया दिनुहोस्