कहाँ–कहाँ पुग्यो ‘बालेनको डोजर’, कति अवैध संरचना हटाइयो ?

BreaknLinks
BreaknLinks

काठमाडौँ महानगरपालिकाले गत भदौ ६ देखि अवैध संरचनाहरु हटाउन सुरु गर्‍याे। महानगरले महानगरभित्र रहेका अवैध संरचनाहरु हटाएर काठमाडौँलाई सुन्दर बनाउनुका साथै तथा पैदल यात्रा सहज बनाउने लक्ष्यसहित अवैध संरचनाहरु हटाउने अभियान सुरु गरेकाे थियाे। सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन तथा अवैध संरचनाहरु हटाउन सुरु गरेपछि मेयर बालेन साहकाे राम्रै चर्चा भएकाे थियाे।

हातमा नक्सा र डाेजर लिएर प्रहरीसहित सडकमा उत्रिएका बालेनलाई ‘डाेजरे मेयर’काे उपमा दिइएकाे थियाे। वर्षाैदेखि सरकारी जग्गा हडपेका व्यापारीहरुलाई कारबाही गर्ने क्रम महानगरले जारी राखेकाे छ।

महानगरपालिकाले हालसम्म कति अवैध संरचना हटायाे ?

काठमाडाैँ महानगरपालिकाले सुरुमा नयाँ बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सले बनाएकाे अवैध संरचना हटाएर अभियानकाे सुरुवात गरेको थियो। पास गरिएकाे नक्साविपरीत कम्प्लेक्सले बनाएकाे संरचा हटाइएपछि अहिले त्यहाँ पार्किङस्थल बनाइएकाे छ। त्यसको केही दिनपछि महानगरले सुन्धारास्थित काठमाडौँ मल बाहिर बनाइएकाे अवैध संरचना हटाएर उक्त क्षेत्रलाई व्यवस्थित बनाएका थियाे। सो स्थानका अवैध संरचनाहरु हटाउँदा पसलमा लाखौँको क्षति भएकाे थियाे।

त्यस्तै दरबारमार्गमा रहेको नेपाल ट्रष्टको भवनमा भूमिगत पार्किङलाई अवैध भएर भत्काइएको थियो। अहिले त्यहाँ बेसमेन्ट जाने बाटो बनाइरहेको छ। सोही दरबारमार्गस्थित दरबार मलमा भएको भूमिगत पार्किङ खाली गराएको छ।

महानगरपालिकाले टुकुचा खोलाको उत्खनन गर्दा सिंगो राज्य नै चकित बनेकाे थियाे। सोही अभियानमा टुकुचा खोला पनि अवैध रहेको तथ्य फेला परेको थियो। तर, सर्वाेच्च अदालतले अहिले खाेला उत्खनन नगर्न आदेश दिएकाे छ।

काठमाडौँ क्षेत्र नं. १ स्थित कान्तिपथमा रहेको होटेल एल्लो प्यागोडा र नविल बैँकले सडकपेटीमाथि राखेकाे छत र सेट ब्यागमा राखेको कफी सपलाई हटाएको छ। महानगरले बाङेमुढास्थित काठमाडौँ वडा नम्बर २८ को वडा कार्यलय पनि भत्काएको छ।

त्यस्तै थापाथलीमा सार्वजानिक जग्गा अतिक्रमण गरी निर्माण गरेका भवनहरु भत्काइयो। थापाथलीकै कुराको क्रममा महानगरपालिका र नगर प्रमुख सहाको आदेशमा विगत केही दिनअघि नगर प्रहरी बल सो क्षेत्रमा रहेको सुकुम्बासीहरुलाई हटाउन डोजरसहित गएकाे थियाे। तर, उक्त क्षेत्रमा पुग्न साथ सुकुबासीले नगर प्रहरीलाई आक्रमण गर्दा प्रहरी नै घाइते बनेका थिए। सुकुम्बासीवस्ती हटाउँदा ठुलै लफडा भएकाे थियाे। त्यसपछि महानगरले वस्ती खाली गर्न ३५ दिने सूचना जारी गरेकाे छ।

यता वीर अस्पताल अगाडि अस्पताल परिसरमा रहेकाे औषधि पसललाई पनि अवैध सरंचना भएका कारण महानगरले डोजर चलाएको थियो। र, पुतलीसडकस्थित वडा कार्यलको पत्रानुसार सार्वजानिक जग्गा अतिक्रमण गरी बनाएको सिँढी भत्काएकाे थियाे। साथै सुरज आर्कटेको भवन पनि अवैध भएको कारणले गर्दा भत्काइएको छ।

अनमानगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजानिक जग्गा अतिक्रमण गरी बनाइएको पर्खालको टहराहरुसमेत भत्काएको छ। वनस्थली ढुङ्गेधारा क्षेत्रमा सार्वजानिक स्थानमा अनाधिृकत रुपमा निर्माण गरिएका टहराहरु महानगरले भत्काएको छ।

महानगरभित्रका अवैध संरचनाहरु हटाएर काठमाडौँलाई सुन्दर बनाउनुका साथै पैदल यात्रुमैत्री बनाउने उद्देश्यका साथ यो अभियान सुरु गरेको थियो। तर, महानगर र मेयर साहले सोचेको जस्तो परिवर्तन अझै हुन सकिरहेको छैन। यस कामबाट उनी र महानगरवासीदेखि अधिकांश मानिसहरु खुसी छन्। भने, केहीले आलाेचना पनि गरेका छन्।

अवैध सरंचना हटाउने क्रममा नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्मलेपकसो अवैध संरचना हटाउन खोज्दा त्यहाँका भवन धनीले आफूसँग नक्सा नभएको भन्दै अवैध सरंचना हटाउन दिएका थिएनन्। तर, सोही भवनको नक्सा बालेन साहले ल्याएर आएर त्यहाँ भएको अवैध सरंचनामाथि डोजर चलाइयो।

महानगरले धौबीचौर क्षेत्रमा अनधिृकत रुपमा निर्माण गरिएको संरचनाहरु हटायो। त्यस्तै नयाँ बजार जग्गा एकीकरण क्षेत्रमा सार्वजानिक जुडो हल वरिपरि व्यवसाय गर्दै आएको अवैध ६ वटा संरचनामा डोजर लगाएको छ। माछापोखरीस्थित नापतौल विभाग अगाडि र महादेव खोला किनारमा रहेको सार्वजानिक जग्गा अतिक्रमण गरी बनाइएको सरंचनाहरु समेत महानगरले हटाएको छ।

सोह्रखुट्टैदेखि म्हैपी मन्दिर जाने स्थानहरुमा राजकुलो मिची बनाएको ६ वटा टहरा भत्काइएको थियो। माछापोखरी महादेव खोला गुम्बा पछाडि सार्वजानिक जग्गा बनाइएको ड्राइभिङ तालिम केन्दको सम्पूर्ण सरंचनाहरु भत्काइएको छ। माछापोखरी बाईपास सडकबाट सडकपेटी उक्कलन बनाइएका ३८ वटा भर्‍याङ हटाइयो।

त्यस्तै वनस्थली ढुङ्गेबारास्थित सार्वजानिक जग्गा अतिक्रमण गरी बनाइएको भर्‍याङ पनि भत्काइयाे। महानगरपालिकाले बाफलमा नक्सा पास नगरी बनाइएका फलामाको तीन तल्ले संरचना पनि भत्काइएको छ। बसुन्धारा चोकबाट सिर्जनशील मार्गसम्म करिब ९०० मिटर जिएलडी बाटो खोल्ने कार्य गराएको घरको कम्पाउण्ड पनि महानगरले भत्काइएको छ।

महानगरपालिकाले सुरुमा ३५ दिने सूचना जारी गरेर मात्र अवैध संरचना भत्काउन थाल्छ। कोहीले ३५ दिने सूचनाबारे वेवास्ता गरेमा मात्र अवैध सरंचनामाथि डोजर चलाउने काम अघि बढ्छ।

महानगरले बालुवाटार विशलानगरस्थित मल्पी सिटी स्कुलले सार्वजानिक जग्गा अतिक्रमण गरी लगाइएका जस्ताको वार र अवैध सरंचनामाथि पनि डोजर चलाएको छ भने महानगरले नयाँ बसपार्क मित्रनगरबार म्हैपी मन्दिरसम्मको सेट ब्याक, ओभरल्यापिग, भूमिगत पार्किङमा अनाधिकृत संरचनाहरु हटाएको छ।

महानगरले अवैध सरंचनाहरुबाहेक पैदल यात्रीका लागि बनाइएका बाटोमा राखिएको फुटपाथका व्यापार पनि हटाउने गरेको छ। फुटपाथ व्यवापारी हटाउँदा कोहीले महानगरको प्रशंसा गरिरहेको छन् भने धेरैले महानगरविरुद्ध आलोचना गरिरहेका छन।

महानगरको जानकारीअनुसार महारगञ्जस्थित भाटभोटेनी सुपरमार्कट कम्माउण्डमा रहेका विभिन्न प्रकारका व्यवसायिक स्टलहरु ७ थान हटाउने काम गरेको जनाएको छ। काठमाडौँ क्षेत्र नम्बर ५ भित्र ओभरल्यापिङ संरचनाहरु पनि हटाएको छ।

यता, महानगरले चुच्चेपाटीको भाटमभोटेनी सुपरमार्कट रहेको भूमिगत पार्किङलाई खुल्ला गरेको छ भने हिन्दूको सबैभन्दा ठुलो मन्दिर पशुपति परिसरमा रहेको ३५ वटा अनधिकृत संरचना, ओभरल्यनपिङ र विज्ञापनको बोर्डहरुमा डोजर चलाएको छ।

त्यस्तै, बतीसपुतलीको मुक्तिनाथ विकास बैंक र बरगर हाउसलाई हटाएको र बैंकको कारोबारसमेत महानगरले बन्द गरेको छ। नयाँ बानेश्वरबाट शंखमुल जाने बाटोको बरगर हाउसमा पार्किङ खाली गराएको छ।

यता, बिजुली बजारपुलसँगै एस. बि कम्पनी प्र.लि.को नाममा रहेको टहरा कार्यालर्यको रोहवरमा महानगरले हटायो। भने, बानेश्वर थापागाउँ क्षेत्रमा जि. एल. डी मिचेर बनाइएको ४ वटा स्थानीय तथा अस्थायी संरचनाहरु हटाएको छ र बानेश्वर के जी. शप र बि. ओको पार्किङसमेत हटाएको छ।

महानगरले नयाँ बानेश्वरको यु. एफ. ओले सूचना दिइएको अनुसरण गर्दा पसल हटाएर पार्किङ बनाएको छ। नयाँ बानेश्वरको रारा कम्प्लेक्स र जी शपले सूचनाको अनुसरण गर्दा अन्य संरचना हटाएको छ र उक्त स्थानमा पनि पार्किङ प्रयोजन गर्न कार्य भइरहेको छ। त्यस्तै यता काठमाडौँ महानगरपालिका १० र ३१ तिनकुने सुविधा नगर नयाँ बानेश्वरसम्म घरभन्दा बहिर बनाइएको टहरा, छतहरु हटाएको छ।

यता महानगरले कलंकीको स्मार्ट तारा हाउसको भूमिगत पार्किङमा रहेको कपडा पसल हटाएर पार्किङ संचलान गर्न महानगरले आदेश दिएको छ भने कलंकीमा रहेको ऐभेरेष्ट हाउसमा भूमिगत रहेको खाजा पसल हटाइयो। त्यस्तै, कलंकी मन्दिरदेखि कलंकीचोकबाट सडकहरुबाट सडकपेटी उक्लन बनाइएको भयाङहरु २१ स्थान र २ स्थान घरमा जोडिएको भर्‍याङ हटाएको छ।

फेरि पनि महानगरले कलंकीदेखि मकालु पेट्रोल पम्पको अगाडि रहेको सडकबाट सडकपेटी उक्लन बनाइएको भर्‍याङहरु १३ थान हटाइएको छ। त्यस्तै, काठमाडौँ महानगरपालिका– २२ मा रहेको वीरा कम्प्लेक्समा रहेको भूमिगत होलसेल पसल हटाई गोदामको रुपमा प्रयोग गर्न पुन: अनुगमन गरी सहमतिअनुसार गर्न लगाइएकाे छ।

काठमाडौँ महानगरपालिका २२ र २७ स्थित बट्टेदेखि रन्जना गल्ली र महाबौद क्षेत्रको सडक वरिपरि रहेका ओभरल्यापिङ हटाएको छ। त्यस्तै महाबौद्धकाे गणेश मन्दिर अगाडिको टहरा भत्काइएको साथै सहिद सुरज शाक्य शालिकसँग रहेको टहरा पूर्णरुपमा हटाएको महानगरले जनाएकाे छ।

त्यस्तै, महानगरपालिकाले न्यूरोडस्थित कासा भवनमा भूमिगत रहेको नविल बैंक लिमिटेड रहेको कार्यलय हटाएको छ भने मख्खन गल्लीदेखि विशलनगरसम्म आउने गल्लीमा ओभरल्यापिङ संरचनाहरु हटाएको छ। काठमाडौँ महानगरपालिका– २५ अन्तर्गत रहेको शन्तेश्वर भवानी शंकर, उमाशंकर मन्दिर क्षेत्रमा रहेको पसल टहरा विज्ञापन बोर्डहरु ओभरल्यापिङ संरचनाहरु हटाएको छ।

महानगरपालिकाले गत भदौ ६ गतेबाट अवैध संरचनाहरु हटाउन थालेको छ भने हालसम्म १०० वटा भन्दा बढी अवैध संरचनाहरु हटाएको छ।

यता सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पतालाई सूचना दिइएको अनुसरण गर्द पसल हटाइयो भने रानीबारीमा रहेको सेन्चुरी बैंकलाई सूचना दिइएको अनुसरण गर्द पसल हटाउने कार्य भएको छ। त्यस्तै, सामाखुसी खड्का भवनलाई सूचना दिइएको अनुसरण गर्दा पसल महानगरले हटाएको थियो।

महानगरले अनमानगरस्थित हनुमानस्थान वडा कार्यलयको पत्रानुसार चिकेन क्यून रेष्टुरेन्टको घर खाली गर्न कार्य गरिएको छ। त्यस्तै पुतलिसडकमा वडा कार्यलयको पत्रानुसार सार्वजानिक जग्गामा अतिक्रमण गरी बनाएको भर्‍याङ हटाएको छ भने गफैँचरी मार्गमा बघशाला सञ्चालन गरी स्थानीय जनतालाई दुर्गन्ध फैलाएको भन्दै खबाको बघशाला हटाउन मौखिम तथा माइकिङ गरेर सूचना दिएको थियो।

यता, महानगरपालिकाले काठमाडौँको धेरै चहलपहल हुने स्थान कोटेश्वरमा नक्साविपरीत निर्माण गरिएका संरचना ओभरल्यापिङ स्वीकृत नै नलिई राखिएका विज्ञापन बोर्डहरु हटाएको छ। जडिबुटी क्षेत्रमा अरनिको राजमार्गको बाँधामा रहेको घर टहरमा ६ लेन सडक निर्माण्मा अवरोध भएकाले सडक विभागको समन्वय गरी ८ वटा टहराहरु भत्काइएको छ।

त्यस्तै, कोटेश्वर नरेफाँट क्षेत्र वरिपरि पनि ओभरल्यापिङ, विज्ञापन बोर्ड निकालिएको र अनाधिकृत रुपमा निर्माण गरिएको संरचनाहरुमा डोजर लगाएको छ। कोटेश्वर क्षेत्रमा जि.एल.डी बनाइएको संरचना हटाई बाटो खुलाउने कार्यसहित कोटेश्वर क्षेत्रभर रहेको छन। फास्टफुड, रेष्टुरेन्ट लगायतका अभौतिक संरचनाहरुमाथि डोजर चलाएको थियो।

काठमाडौँ क्षेत्र नम्बर १० देउराली क्लब वरिपरि सडकपेटीमा निर्माण समाग्री राखी सार्वजानिक आवगमन अवरोध पुर्‍याउने गरी निर्माण सामाग्रीहरु उठाइएको छ भने ३५ दिने सूचनालाई वेवास्ता गरेपछि थापागाउँ सडकपेटी निर्माण सामाग्री राखी सार्वजानीक आवगमन अवरोध पुर्‍याउने सामाग्रीहरु उठाइएकाे छ।

त्यस्तै जडिबुटीमा रहेको पुष्पाजली सिनेमा हल पछडि नक्सा पास बिना बनाइएका टायर बनाउने कारखानाको टहरा भत्काएकाे छ। त्यस्तै महानगरले वीरेन्द सम्मलेन अगाडिको धुलो उठाएको छ। महानगरले एयरपोर्ट अगाडिको कबाडी, शंखमुलदेखि नयाँ बानेश्वरसम्मको कबाडी, पुरानो बानेश्वरमा रहेको पप्पुको पानीपुरी पसलमाथि पनि डोजर चलाएको छ।

महानगरले तिनकुनेमा बाटो अवरोध गरेको वालुवाहरु समेतलाई व्यवस्थित पारेको छ। त्यस्तै बागमती खोलाको किनारामा सवारी साधान हुने सर्भिसिङ सेन्टरले ढल जाम र सडकपेटी नै भत्काएको छ भने उक्त स्थानमा अहिले सडकपेटी बनेको छ। बाग्मती खोला किनारमा तरकारी बजारमा सडकपेटी नै अतिक्रमण गरी बनाइएको पर्खाल निजीको सहमतिमा नै भत्काइएको र सडकपेटी सुचारु गरेको छ।

समाखुसीदेखि नयाँ बसपार्कसम्मको ओभरल्यापिङ हटाएको हो भन्ने काठमाडौँ महानगरपालिका १३ र १४ कलंकी र कालिमाटी क्षेत्रमा खाघ अनुगमन गरेको ६६ बोरा म्याद सकिएको खाघान्नलाई नस्ट गरेको छ। त्यस्तै तिनकुनेमा नयाँ निर्माण भइरहेको पुल कम्पनीले निर्माण गरेको टहरामाथि महानगरले डोजर लगाएको छ।

यता न्यूप्लाजामा आगालागीबाट नष्ट भएको तारहरुलाई हटाएर व्यवस्थित पारेको छ। काठमाडौँ महानगरपालिका– ३१ को अवैध बघशला बन्द गरिएको छ। का.म.न.पा– २३ मा सञ्चालनमा रहेको ३ वटा कवाडी संकलन केन्द हटाएको छ। त्यस्तै थापाथलीमा सार्वजानिक जग्गा, अतिक्रमण गरी निर्माण गरेको ओम शान्ति, साइबाबा र रुदेश्वर मन्दिर महानगरले भत्काइएको छ।

प्रकाशित मिति: : 2022-12-23 10:00:00

प्रतिकृया दिनुहोस्