‘हामीले धान बेचिसकेको सुइँको पाएपछि नेताहरूले आन्दोलनको नाटक गरे'

सेतोपाटी

राजु अधिकारी

अरू बेला हम्मेसी नदेखिने एउटा दृश्य गएको बुधबार विराटनगरमा देखिँदै थियो।

नेकपा (एमाले) को मोरङ जिल्ला कार्यालयमा एमाले र कांग्रेसका किसान संगठनका नेताहरू एकैठाउँ भेला भएर पत्रकार सम्मेलन गर्दै थिए।

उनीहरूले एउटै विषय जोड दिएर भने, ‘सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य पनि किसानले पाएनन्। यस्तो बेलामा कि न्यूनतम मूल्य किसानले पाउनुपर्‍यो, कि सरकार स्वयंले किसानको धान किनिदिनु पर्‍यो।’

अरू बेला राजनीतिक मुद्दामा मात्रै केन्द्रित हुने किसान संगठनका नेताहरू यसपटक किसानकै मुद्दा उठाएर आन्दोलनको चेतावनी दिँदै थिए। किसानको पक्षमा उनीहरूको यो चेतावनी र अग्रसरतालाई किसान स्वयंले भने कसरी हेरेका होलान्?

प्रकाशित मिति: : 2022-12-16 15:59:00

प्रतिकृया दिनुहोस्